कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा मनाइयो खिचडी महोत्सव

मनोज पौडेल

काठमाडौँ — लोप हुँदै गएको थारू संस्कृति र कला जोगाउन कपिलवस्तुमा माघी (खिचडी) महोत्सव गरिएको छ । बुद्धभूमि नगरपालिका ९ चौवन्नमा पुस ३० र माघ १ गते आयोजना गरिएको छ । त्यहाँ झुमरा, झर्रा, मजुर, बड्का, सजनीविरहनी र लाठी नाँच देखिएको थियो । त्यस्तै थारू परिकार खुवाइएको थियो ।

माघ १ लाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । त्यसैले नयाँ वर्षको उमंग र उत्साहमा रमाउँदै जातीय परम्परा, कला र संस्कृतिको जगेर्ना गर्न महोत्सवमा रूपान्तरण गरिएको थारू कल्याणकारी सभा अध्यक्ष उमाशंकर चौधरीले बताए । महोत्सव थारू कला, संस्कृति र परिकारका ५० स्टल राखिएका छन् । 


प्रकाशित : माघ १, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्