१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

सहकारीपीडितलाई राज्यकोषबाट पैसा दिन मिल्छ ?

पाठक पत्र

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीपीडितलाई राज्यकोषबाट पैसा दिने भनेको सुन्दा अचम्म लाग्यो । राज्यकोषबाट सहकारीपीडितलाई पैसा किन दिने ? राज्यकोष गृहमन्त्रीको व्यक्तिगत कोष हो ? उनले जे मन लाग्यो त्यही गर्न मिल्छ ?

सहकारीका मालिकलाई समातेर कारबाही गर, उनीहरूको चल, अचल सम्पत्ति जफत गरेर पीडितलाई न्याय देऊ । न्याय ढिला दिनु न्याय नदिनु बराबर हो । लामिछाने गृहमन्त्री भएको लामो समय भइसक्यो । उनले सहकारीपीडितको समस्या हल गर्न सकेका छैनन् ।

बोल्न मात्र जानेर भएन, गर्न पनि सक्नुपर्‍यो । सहकारीका मालिक को हुन्, थाहा छ । त्यो जान्दाजान्दै कारबाही किन गरिएन ? देशभरिका सहकारीमा एकैपटक यो समस्या कसरी आयो ? सहकारीलाई अनुगमन, नियमन गर्ने निकायहरू थिए । ती के हेरेर बसे ? अनुगमन, नियमनमा कमजोरी भएकै कारण सर्वसाधारण जनता मारमा परेका छन् ।
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख १२, २०८१ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?