१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

कान्तिपुरकर्मी बस्नेतलाई 'युनेस्को युथ पिस एम्बेसडर अवार्ड'

काठमाडौँ — कान्तिपुरकर्मी मनोज बस्नेतलाई अमेरिकामा 'युनेस्को युथ पिस एम्बेसडर अवार्ड' प्रदान गरिएको छ ।

कान्तिपुरकर्मी बस्नेतलाई 'युनेस्को युथ पिस एम्बेसडर अवार्ड'

अमेरिकाको लसएन्जल्समा आयोजित १८ ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसप समारोहमा बस्नेतलाई गैरनाफामुखी संस्थाको रूपमा इन्टरनेशनल रूपमा काम गरिरहेका युथ युनेस्को क्लब, अमेरिका, अमेरिकन युनिभर्सिटी अफ सोभर्न नेसन्स लगायतका संस्थाले संयुक्त रूपमा सन् २०२४/०२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरेको हो ।

`मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं´ अमेरिकी यूनिभर्सिटी सोभर्न नेशन युएसएका प्रेसिडेन्ट प्रध्याकप ड्यालरले भने 'आगामी दिनमा उनी अझै युवा र शान्तिका लागि योगदान गर्नेछन् ।´
सन् २०११ बाट विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड दिँदै आईरहेको छ । हालसम्म ६५ देशका व्यक्तिहरूले यो उपाधि पाईसकेका छन् ।

'यो अवार्डसँगै अब उहाँहरूले अन्तराष्ट्रिय फोरमहरू पाउनुहुनेछ´ युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने `संसारभरबाट विभिन्न विधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउनेहरूबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौं ।´ विगत १७ वर्षदेखि मिडियामा आवद्व बस्नेत कान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल विभागको प्रमुखको रूपमा कार्यरत छन् ।

प्रकाशित : वैशाख ३, २०८१ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?