१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

माओवादी केन्द्रका नेता शर्मा दम्पती जसपा प्रवेश

अजित तिवारी

जनकपुर — तत्कालीन मधेशी जनअधिकार फोरम छँदा नै उपेन्द्र यादवको सारथी बनेका महोत्तरीका माओवादी (केन्द्र)का नेता रामकुमार शर्माले आइतबार जनता समाजवादी पार्टी (जसपा)मा फर्किएका छन् । उनलाई जसपा अध्यक्ष यादवले पार्टीमा प्रवेश गराएका छन् । 

माओवादी केन्द्रका नेता शर्मा दम्पती जसपा प्रवेश

महोत्तरीको जलेश्वरमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष यादवले शर्मालाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रमको करिब ५ घन्टाअघि माओवादी नेता शर्माले फेसबुकमा ‘१५ वर्षपछि पुनर्मिलन’ लेख्दै जसपा यादवसित हाँस्दै गरेको तस्बिर पोष्ट गरेका थिए । शर्मासँगै उनकी पत्नी एवं माओवादी(केन्द्र)की केन्द्रीय सदस्य इन्दु शर्मा पनि जसपामा प्रवेश गरेकी छन् ।

रामकुमार तत्कालीन मधेशी जनाधिकार फोरम नेपालका महासचिव पनि थिए । डेढ दशकअघि गौरको राइस मिलमा फोरम र माओवादीबीच भएको हिंसात्मक झडपपछि भारतमा बसिरहेका यादवलाई शर्माको भरथेग थियो । शर्माले १५ वर्षपछिको पुनर्मिलनले मधेशमा पुनः नयाँ अध्याय सुरु हुने बताए ।

प्रकाशित : वैशाख ९, २०८१ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?