१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

नेसपाद्वारा राजनीतिक संवाद समिति गठन

काठमाडौँ — न‍ेपाल समाजवादी पार्टीले   मुद्दा मिल्ने शक्तिहरुसँग राजनीतिक संवाद र सहकार्य गर्न तीन सदस्य राजनीतिक संवाद समिति गठन गरेको छ ।

नेसपाद्वारा राजनीतिक संवाद समिति गठन

नेसपाको सचिवालय बैठकलले पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनाम सिं स्याङतान र मानुषी यमि भट्टराई रहेको समिति गठन गरेको हो ।

जनजीविकाका सवाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू संचालन गर्न नीति, विचार, कार्यक्रमका लागि संवाद र सहकार्यका लागि समितिले पहल गर्नेछ ।

सचिवालय बै७कले ०८१ वैशाख देखि भाद्रसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

संघ, प्रदेश र स्थानीयस्तरमा वैकल्पिक राजनीति र यसका आयामहरूबारे नेतृत्व सबलीकरण र वैचारिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।

बैठकले ⁠यही वैशाख १५ मा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा-१ मा मत नदिने नदिने निर्णय पनि गरेको प्रवक्ता कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा छ ।

प्रकाशित : वैशाख ७, २०८१ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?