कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ — नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पार्टी सभापति एवम् दलका नेता शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभा बैठकअघि संसदीय दल कार्यसमितिको बैठक विहान ७ बजे र लगत्तै संसदीय दलको बैठक बोलाएका हुन् ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठक बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मन्त्री र सांसदहरुविरुद्ध समेत आरोप लागेको भन्दै त्यसबारे छानविन गर्न संसदीय छानविन समिति गठनको माग उठाएको कांग्रेसले संसद्‌मा गृहमन्त्री लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न अवरोध गर्दै आएको छ ।

कांग्रेसले छानविन समिति बनाउनुपर्ने बटमलाइन बनाएर अवरोध गरेपछि सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी संसद्‌को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आइतबार विहान बस्ने दलको बैठकले यी लगायत विभिन्न विषयमा धारणा बनाउने प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रकाशित : वैशाख १, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?