कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भेटवार्तामा सरकारको कामकारबाही, नीति तथा कार्यक्रमबारे शीर्ष नेताबीच छलफल भइरहेको छ । सत्तारुढ ५ दलले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयनका बारेमा समेत दुई नेताबीच छलफल भइरहेको छ ।

त्यस्तै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने र संसद्‍मा देखिएको गतिरोध खुलाउनेबारे पनि दाहाल र ओलीबीचको छलफलको एजेन्डा रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?