कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

भूकम्पले क्षति पुर्‍याएको नुवाकोट दरबार छिट्टै पुनर्निर्माण गर्न सांसद सुवेदीको माग

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले भूकम्पबाट क्षति पुगेको नुवाकोटको साततले दरबार छिट्टै पुनर्निर्माण गर्न माग गरेकी छन् । 

भूकम्पले क्षति पुर्‍याएको नुवाकोट दरबार छिट्टै पुनर्निर्माण गर्न सांसद सुवेदीको माग

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सुवेदीले नुवाकोट दरबार अझै पुनर्निर्माण नभएकोले छिट्टै निर्माण गर्न सरकारसँग माग गरेकी हुन् ।

२०७२ वैशाख १२ र २९ गते आएको भूकम्पले क्षति गराएको साततले दरबार चीन सरकारको सहयोगमा निर्माण हुने भनिए पनि अझै पुनर्निर्माण हुन सकेको छैन । पुरातात्त्विक सम्पदाको अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको नुवाकोट दरबार क्षेत्र अहिले सुनसान छ । उक्त दरबार र मठमन्दिर विदुर नगरपालिका २ मा पर्दछ । पुनर्निर्माण गर्नुपर्ने सम्पदाहरूमा साततले दरबार लगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजुभवानी मन्दिर छन् । २ ती सम्पदाहरूमा क्षति पुगेको थियो । अहिले ती सम्पदालाई फलामे टेको दिएर राखिएको छ ।

सांसद सुवेदीले काठमाडौं-नुवाकोट जोड्ने पुरानो राजमार्ग पासाङ ल्हामु राजमार्गअन्तर्गतको तीनपिप्ले खण्ड ठेक्का प्रक्रियामा गएकोमा सरकारलाई धन्यवाद दिँदै बाँकी रहेको रानीपौवा-पिपलटार खण्डलाई राष्ट्रिय स्रोत सुनिश्चित गरी अबिलम्ब ठेक्का प्रक्रियामा लैजानसमेत अनुरोध गरिन् ।

उनले तीनपिप्ले-कुमरी कोल्पुटार सडक, कोलनी देउराली-किम्ताङ हुँदै धादिङ सत्यदेवी जोड्ने रणनीतिक सडक, जिलिङ बाघखोर झ्याङ्लीपोखरी-कोल्पुटार लोकसञ्चारमार्गलगायत जिल्लाका अलपत्र सडकहरु निर्माणका लागि समेत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रकाशित : चैत्र ७, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?