१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

प्रदेशको सीमांकन र नामांकन पहिचानका आधारमा गर्न जनमत पार्टीको माग

शंकर आचार्य

पर्सा — कोशी प्रदेशमा चलिरहेको पहिचानवादीको आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न जनमत पार्टीले आन्दोलन गर्ने निर्णय गरेको छ । 

प्रदेशको सीमांकन र नामांकन पहिचानका आधारमा गर्न जनमत पार्टीको माग

शनिबार र आइतबार वीरगञ्जमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचानवादी आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिके राउतले पहिचानसहितको प्रदेश सीमाकंन तथा नामाकंनका लागि आन्दोलनको नेतृत्व गर्ने निर्णय गरिएको बताए । मधेश–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन समेत आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको उनले बताए । अध्यक्ष राउतका अनुसार बैठकले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ ।

त्यस्तै, आगामी वर्षायाममा किसानलाई मलखाद र बीउबिजनको समयमै सहज उपलब्धताका लागि समेत सरकारलाई दबाब दिने निर्णय समेत बैठकले गरेको छ ।

केन्द्रीय समिति बैठकमा ‘आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ दृष्टिकोण’ तथा ‘गणतन्त्र तथा सामाजिक लोकतन्त्रको लडाइ’ शीर्षकका दुई राजनीतिक प्रस्तावहरु पेश गरिएका थिए । दुवै प्रस्तावहरुमाथि छलफलपछि पारित गरिएको अध्यक्ष राउतले बताए ।

जनमतले २०८१ साल जेठ १५ गते काठमाडौंमा आमसभा गर्ने भएको छ । बैठकले त्यसको तयारी थाल्ने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र ४, २०८० १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?