कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समितिमा कमला पन्त सभापति हुने पक्का

काठमाडौँ — राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम ग्याल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्त सभापति हुने पक्का भएको छ । शनिबार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवालयमा पुगेर शेर्पा र पन्तले समिति सभापति पदमा उम्मेदवारी दर्ता गराए ।

राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समितिमा कमला पन्त सभापति हुने पक्का

दुवै समितिको सभापति पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । दुवै जना निर्विरोध निर्वाचित हुने भएका छन् । यद्यपि आधिकारिकरुपमा भने आइतबारमत्रै घोषणा हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरद धमलाले जानकारी दिए ।

शेर्पा नेकपा एमालेका सांसद हुन् भने पन्त नेपाली कांग्रेसकी सांसद हुन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त रहेको थियो । राष्ट्रिय सभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था बमोजिम यही चैत्र ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने छ ।

समिति सभापतिका लागि शेर्पालाई सभापतिको रुपमा गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका छन् भने इन्दिरादेवी गौतम र दुर्गा गुरुङले समर्थन गरेका छन् । त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्तलाई सदस्य नारायणदत्त भट्टले प्रस्ताव गरेका छन् भने शारदादेवी भट्टले समर्थन गरेकी छन् ।

सहायक प्रवक्ता धमलाले आइतबार सभापति निर्वाचित गर्न र औपचारिक रुपमा घोषणा गर्नका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित : चैत्र ३, २०८० १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?