चीनसँगका सहमति र सम्झौता देशहितमा छन् : उपप्रधानमन्त्री खड्का 

कान्तिपुर संवाददाता

सुर्खेत — प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता देशहितमा भएको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका खड्काले सत्तारुढ गठबन्धनको सहमतिमा नै नेपाल र चीनबीच सहमति र सम्झौता भएको बताएका छन् । 

चीनसँगका सहमति र सम्झौता देशहितमा छन् : उपप्रधानमन्त्री खड्का 

प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल रहेको पनि खड्काको भनाइ थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री खड्काले चीनसँग सहमति र सम्झौतासँगै प्रधानमन्त्री दाहालको भ्रमण सफल भएको बताए । उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले सहमति जनाएको खड्काले स्पष्ट पारे । सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका खड्काले भने, 'गठबन्धनको सहमतिका यी सबै सहमति प्रधानमन्त्रीले गर्नुभएको हो ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए । ‘सडकलगायतका पूर्वाधार बनाउन बनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ,’ उनले भने, ‘त्यसलाई हटाउनका लागि केही नेपाल ऐन संशोधनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।’

सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए । प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको पनि बताए । उनले विद्यालय शिक्षा ऐन संसद्मा टेबुल भइसकेको बताउँदै निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरहेको छ,’ उनले भने । यसअघि नै संघीय सरकारले कानुन नबनाउँदा संघीयताको अनुभूति नागरिकले प्रत्यक्ष गर्न नसेको पनि उनको भनाइ थियो । सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरेर काम गरिरहेको खड्काको भनाइ थियो ।

त्यस्तै, सुर्खेत विमानस्थल विस्तारको काम आवश्यक रहेको पनि बताए । उनले भने, 'हिलेको विमानस्थल बढीमा चार सय मिटर विस्तार गर्न मिल्छ, भविश्यका लागि यो विमानस्थलले भार थेग्न सक्दैन । अहिलेलाई सुर्खेत विमानस्थल विस्तार गर्दै रामघाटमा भविश्यका लागि ठूलो विमानस्थल निर्माण गर्नु आवश्यक छ ।’

प्रकाशित : आश्विन १०, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?