कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२
प्रस्तावित शिक्षा विधेयक

विद्यालयको प्रधानाध्यापक अब प्रतिस्पर्धाबाट

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धाबाट छनोट गर्ने प्रस्ताव गरेको छ । कर्मचारी छनोट समितिले शिक्षकहरूमध्येबाट विद्यालय सञ्चालन, शैक्षिक गुणस्तर, सुधार योजना प्रस्तुत गर्न लगाएर खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरेको हो ।

विद्यालयको प्रधानाध्यापक अब प्रतिस्पर्धाबाट

माध्यमिक विद्यालयको हकमा सम्बन्धित स्थानीय तहभित्रका माध्यमिक तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरूबाट प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै आधारभूत विद्यालयको प्रधानाध्यापकको हकमा त्यही स्थानीय तहका आधारभूत तहमा अध्यापन गर्ने स्थायी शिक्षकहरूबाट प्रधानाध्यापक छनोट गर्ने प्रस्ताव गरिएको छ । छनोट समितिमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखाका प्रमुख र शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहनेछन् ।

व्यवस्थापन समिति अभिभावकबाट

प्रस्तावित विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले आफूमध्येबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न सक्ने प्रावधान राखिएको छ । यो समितिमा स्थानीय तहमा स्थायी रूपमा बसोबास गरिरहेका बुद्धिजीवी, शिक्षाप्रेमी तथा समाजसेवीमध्येबाट कम्तीमा २ जना महिला पर्ने गरी व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित : भाद्र २७, २०८० ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?