कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहकारीको अनियमितता व्यवस्थित गर्नुपर्ने चुनौती छ : आरजु राणा

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद आरजु राणाले नेपालको जलवायु परिवर्तन र सहकारीका क्षेत्रमा काम गर्नुपर्ने धेरै विषय रहेको भन्दै यसका लागि आफू योग्य उम्मेदवार रहेको बताएकी छन् ।

सहकारीको अनियमितता व्यवस्थित गर्नुपर्ने चुनौती छ : आरजु राणा

संसदीय समितिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सांसद राणाले यस्तो प्रतिक्रिया दिएकी हुन् । यस क्षेत्रमा आफ्नो अनुभव र विज्ञता भएको भन्दै उनले केही चुनौती पनि देखिएको औल्याएकी छन् ।

सहकारीको क्षेत्रमा धेरै अनियमितता देखिएको भन्दै त्यसको समाधान गर्नुपर्ने चुनौती देखिएको उनले बताएकी थिइन् । 'यस क्षेत्रमा धेरै काम गर्न बाँकी कुराहरू छन् । सहकारीको क्षेत्रमा अनियमितता देखिएका छन् । त्यसलाई व्यवस्थित गर्नुपर्ने चुनौती छ । जलवायु परिवर्तनको क्षेत्रमा पनि धेरै काम गर्न बाँकी छ । कृषि क्षेत्र मेरो रुची भएको म आफैं किसानको छोरी भएको नाताले यसमा काम गर्ने रुची छ,' सांसद राणाले भनिन् ।

यस्तै आफूले कृषि तथा वातावरण सम्बन्धी विभिन्न संस्थामा काम गरेका आधारमा एक विज्ञको रुपमा पनि सभापतिका लागि योग्य रहेको उनको भनाइ थियो ।

प्रकाशित : भाद्र १०, २०८० १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?