कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नागपञ्चमीका अवसरमा कावासोतीमा ‘सर्प महोत्सव’  

नवीन पौडेल

नवलपरासी पूर्व — पूर्वी नवलपरासीको कावासोतीमा ‘नेपाल सर्प महोत्सव’  आयोजना गरिएको छ । सर्प र वातावरणीय प्रभावका विषयमा स्थानीयलाई जानकारी दिने उद्धेश्यले नाग पञ्चमीको अवसर पारेर दुई दिने महोत्सव आयोजना गरिएको हो ।

नागपञ्चमीका अवसरमा कावासोतीमा ‘सर्प महोत्सव’  

महोत्सवमा मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गर्ने र सर्प संरक्षणका बारेमा स्टल राखिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताए । महोत्सवमा सर्पदशंबाट बच्ने उपाय, सर्पले टोकेपछि गरिने प्राथमिक उपचार, विषालु सर्पको पहिचान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन स्टल राखिएको छ । महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणबारे जानकारी दिने विभिन्न स्टल राखिएको छ ।

पूर्वी नवलपरासी सर्पदंश बढी हुने जिल्लामा चिनिन्छ । चालु आर्थिक वर्षको साउनयता मात्र २७ जनालाई सर्पले टोकेर उपचारका लागि अस्पतालमा आएको तथ्यांक छ ।

नेपाल टक्सिनोलोजी संघको आयोजना, जिल्ला डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा चेतना मुलुक महोत्सव आयोजना गरिएको हो ।

प्रकाशित : भाद्र ४, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?