कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पुरुषसरह अधिकार नपाएसम्म महिला हिंसा अन्त्य हुँदैन : उपाध्यक्ष अर्याल

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरह अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छन् ।

पुरुषसरह अधिकार नपाएसम्म महिला हिंसा अन्त्य हुँदैन : उपाध्यक्ष अर्याल

शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला सांसदहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाका पार्टी बाहेकका साझा दायित्वहरु रहेकाले सबै एक भएर महिलाका हितका लागि लड्नुपर्ने बताइन् ।

महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । साथै सामाजिक आर्थिक रुपले आधारभूत तहको लैङ्गिक र सामाजिक, जातीय विभेदहरुको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने उनले बताएकी थिइन् ।

‘हामी महिलाको पार्टीगत भन्दा अरु साझा दायित्वहरु पनि छन् । यसमा हामी सबै मिलेर एकजुट भएर जनताका लागि काम गर्नुपर्छ, महिलाका अधिकारमा काम गर्नुपर्छ । हामीले अझैसम्म समान अधिकार हासिल गर्न सकेका छैनौं । जबसम्म समान उपलब्धि हासिल गर्न सक्दैनौं, महिलामाथि हुने हिंसा अन्त्य हुन सक्दैन । हामीले यो अधिकार दिलाउने नीति निर्माण गर्नुपर्छ,' उपाध्यक्ष अर्यालले भनिन् ।

यस्तै उनले महिलाहरूलाई ३३ प्रतिशतमा सीमित गर्नुको सट्टा कार्यकारी पदमा पुर्‍याउनुपर्ने सुझाव दिएकी थिइन् । सीमित पदमा महिलाललाई समावेश गरेर मात्रै समान उपलब्धि हासिल गर्न नसक्ने उनको तर्क थियो ।

'अब महिलाहरूको लडाईं स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक/दुई जना नमूना प्रतिनिधि राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो,’ अर्यालले भनिन् ।

प्रकाशित : असार १५, २०८० १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?