कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता विधेयक नेपाल र नेपालीको हितमा छैन : भट्ट

अमृता अनमोल

बुटवल — राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नरहेको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चा रुपन्देहीले शुक्रबार बुटवलमा गरेको एक कार्यक्रममा उनले भारतलाई खुसी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएको समेत आरोप लगाए ।

नागरिकता विधेयक नेपाल र नेपालीको हितमा छैन : भट्ट

उनले वर्तमान सरकारले नागरिकता विधेयक ल्याएर गैरकानुनी काम गरेको जीकिर गरे । उनले भने, 'नागरिकता विधेयक ल्याउनुको प्रचण्डको प्रमुख उद्देश्य भारतलाई खुसी पार्नु हो ।' उनले अहिलेको नागरिकता विधेयक आएसँगै राष्ट्रियतामाथि खतरा बढेको, सार्वभौम सत्ता र अखण्डतामाथि भारतीय एकाधिकार बढेको तर्क गरे ।

महासचिव भट्टले अहिलेको नागरिकता विधेयकले नेपालमा रहेका एक करोड भारतीयलाई नागकरिता दिन बाटो खुलेको र नेपाली अल्पमतमा पर्ने सम्भावना बढेको बताए ।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरेसँगै राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा मुछिएको उनको भनाइ थियो ।


प्रकाशित : जेष्ठ २६, २०८० २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?