कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद पौडेलको प्रश्न : बढ्दो तापक्रमबाट जोगिन सरकारले के गरिरहेको छ ?

काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बढ्दो तापक्रमबाट बच्नका लागि सरकारले तात्कालिक र दीर्घकालीन रूपमा के योजना बनाइरहेको छ भनेर प्रश्न गरेका छन् । उनले विश्वव्यापी रूपमा तापक्रम बढिरहेको अवस्थामा सरकारले त्यसबाट पर्ने प्रभावबाट जोगिन कदम चाल्नुपर्ने बताएका छन् । 

सांसद पौडेलको प्रश्न : बढ्दो तापक्रमबाट जोगिन सरकारले के गरिरहेको छ ?

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद पौडेलले तापक्रम बढ्दा किसान र कृषि उपजमा प्रभाव परेको बताए । उनले आगामी दिनमा तापक्रम बढ्ने क्रम अझै बढ्ने बताउँदै सरकारलाई दीर्घकालीन योजना बनाउन आग्रह गरेका छन् ।

'तराईंका जिल्लाहरूमा झन्डै ४४ डिग्रीसम्म तापक्रम पुगेको अवस्था छ । तातो हावा 'लु' चल्न थालेको छ । यसले जनजीवन असाध्यै प्रभावित पारेको छ । विद्यालय बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेको छ । धानको बिउ सुकेको स्थिति छ । जमिनमुनिको पानीको सतह घटेको छ । अशुद्ध पानीका कारण महामारी फैलिने जोखिम बढेको छ । दैनिक ज्यालादारी बढेर खानुपर्ने मजदुरहरूको अवस्था दयनीय बनेको छ,' उनले भने, 'अझै १ हप्ताभन्दा बढी यस्तो हुने देखिन्छ । विश्वव्यापी रूपमा तापक्रम बढ्ने स्थिति आगामी वर्ष झन् बढेर जान्छ । यसको तात्कालिक र दीर्घकालीन समस्या समाधानका लागि सकरारले के गरिरहेको छ ? हामी जान्न चाहन्छौं ।'

पछिल्लो समय देशभर तापक्रम अत्यधिक बढिरहेको भन्दै सांसद पौडेलले त्यसबाट बच्नका लागि उपाय खोज्नतिर लाग्न सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित : जेष्ठ २५, २०८० १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?