कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा बैठक सोमबार एक बजेसम्मका लागि स्थगित

काठमाडौँ — राष्ट्रिय सभाको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरेको भन्दै आइतबार राष्ट्रिय सभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो । 

राष्ट्रिय सभा बैठक सोमबार एक बजेसम्मका लागि स्थगित

एमाले सांसदहरुको अवरोध नरोकिएपछि राष्ट्रिय सभाको आइतबारको बैठक २९ मिनेटका लागि रोकिएको थियो ।

बैठक सुरु हुने लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताएका थिए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । त्यसैले भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरेका थिए ।

यो विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए ।

प्रकाशित : जेष्ठ २१, २०८० १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?