कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जात व्यवस्था उन्मूलन मोर्चामा नयाँ नेतृत्व

काठमाडौँ — जात व्यवस्था उन्मूलन मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा सम्पन्न सम्मेलनले ५१ सदस्यीय केन्द्रीय कमिटी र ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलबाट ६/६ महिना चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी पहिलो ६ महिनाका लागि डोलराज विश्वकर्मा अध्यक्ष बनेका छन् ।

जात व्यवस्था उन्मूलन मोर्चामा नयाँ नेतृत्व

मोर्चाको अध्यक्ष मण्डलमा विश्वकर्मासहित दिपनारायण दास, शान्ति गजमेर, प्रेम गैरे र रवि नेपाली चयन भएका छन् । मोर्चाको महासचिवमा रुपा सुनार, सचिवमा निर्जन विश्वकर्मा र कोषाध्यक्षमा अस्मिता वादी चयन भएका छन् ।

भेलाले ४० प्रतिशत महिला र १० प्रतिशत गैरदलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय कमिटी गठन गरेको छ । केन्द्रीय कमिटीको सदस्यहरूमा जसिन्द्र श्रीपाली, ईश्वरा शिवा, बुद्धि पासवान, पुजन हिङमाङ, गणेश दर्जी, मञ्जु पासवान, अस्मिता परियार, बुद्धिमाया विक, सञ्जय महरा, रिंकुकुमार रायभर, कर्णबहादुर विक, प्रकाश विसी, जितुमान घताने, लक्ष्मी विक, तारा सुनाम, प्रमिता परियार, मिलन बस्यल, श्रीशा शाही, अर्जुन विक, अनुपमा करारा, यमन विश्वकर्मा, एसबी श्रीपाली, टपेन्द्र नेपाली, शोभा कैनी, मंगल बाजुरेली, दिनेश सार्की, दिपेश नेपाली र हिक्मत विक छन् ।

त्यस्तै, कर्ण कार्कीढोली, सुधिर गहतराज, जीवन विक, विकास साशंकर, शंकर महरा, सिता बराईली, बसन्त विक, ज्ञानेन्द्र विक र मनकुमार लकान्द्री पनि सदस्यमा चयन रहेका छन् ।

भेलाले मोर्चाको सातै प्रदेश संयोजकसमेत तोकेको छ । ७० जिल्लाका करिब ३०० प्रतिनिधिको सहभागी सम्मेलनले विभिन्न ८ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । सम्मेलनले जातीय भेद्भाव र छुवाछूतकै कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारलाई न्याय दिन माग गरेको छ । सम्मेलनले जात व्यवस्था उन्मूलनको कार्यभार पूरा गर्ने संकल्प गरेको छ भने रुकुम पश्चिमको चौरजहारीमा हत्या भएका नवराज विकसहित ६ जना र काभ्रेका अजित मिजारलाई न्याय दिन सरकारसँग माग गरेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८० १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?