कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुशासनको मामलामा सरकारले अनुचित सम्झौता गर्दैन : मन्त्री बस्नेत

काठमाडौँ — राज्यमा सुशासन कायम गर्ने सवालमा सरकारले अनुचित सम्झौता नगर्ने ऊर्जा मन्त्री शक्ति बस्नेतले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग २०२३’ अन्तर्गतको पहिलो सत्र ‘विज्ञले सुझाउने, उपभोक्तालाई बुझाउने’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

सुशासनको मामलामा सरकारले अनुचित सम्झौता गर्दैन : मन्त्री बस्नेत

‘राज्यमा सुशासन कायम गर्ने सवालमा सरकारले कुनै पनि अनुचित सम्झौता गर्दैन । विगतमा के भयो कसले के गर्‍यो त्यसबारेमा कमेन्ट गर्दिनँ तर यो सरकार पूर्ण रुपमा कटिवद्ध छ,’ उनले भने । विगतको तुलनामा हाल सडकमा विद्युतीय सवारीको संख्यासँगै पूर्वाधारहरु पनि बढेको उनले बताए । ‘नेपाल विद्युत प्राधिरणले पनि ५१ वटा चार्जिङ स्टेसन बनाउँदै छ । त्यसमध्ये ४१ वटा सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘ निजी क्षेत्रले पनि धमाधम स्टेसनहरु निर्माण गरिरहेका छन् । यो निकै सकारात्मक पक्ष हो ।’

नेपालमा विद्युतीय सवारीको प्रयोगका लागि नागरिकलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी सरकारले गरिरहेको पनि उनले बताए । विद्युतीय सवारीको प्रयोग बढाउन बृहत रुपमा चेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?