कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

दार्चुलाको हिमपहिरोमा ५ पुरिए, ७ जना सकुशल [अपडेट]

मनोज बडु

दार्चुला — जिल्लाको व्याँस गाउँपालिका–१ भोमिनको हिमपहिरोमा ५ जना पुरिएका छन् । १२ जनामध्ये ७ जना सकुशल रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । 'यार्सा संकलन गर्ने १२ जनाको समूह एउटै पालमुनि बस्दै आएका रहेछन् । हिमपहिरो आउनेबित्तिकै ७ जना भाग्न सफल भएका छन् । ५ जना पुरिएको घटनास्थल पुगेको उद्धार टोलीले जानकारी दिएको छ,' उनले भने । पुरिएकामा ४ महिला र १ पुरुष छन् ।

दार्चुलाको हिमपहिरोमा ५ पुरिए, ७ जना सकुशल [अपडेट]

पुरिएकाहरुको उद्धार जारी छ । पुरिनेमा ३ जना कैलालीको बुडर र २ जना दुहु गाउँपालिका पोक्सेका रहेका छन् । सँगै रहेका २ जना सामान्य घाइते अवस्थामा उद्धार गरिएको सितापुल प्रहरी चौकीका असई प्रकाशबहादुर सिंहले जानकारी दिए ।

मंगलबार दिउँसो हिमपहिरो गएको खबरपछि सितापुल प्रहरी चौकीबाट प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा करिब ३० जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो ।

प्रकाशित : वैशाख १९, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?