कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महावीर पुनको आन्दोलनमा एमालेको ऐक्यबद्धता

काठमाडौँ — नेकपा एमालेले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तन लागि सरकारले कोष स्थापना गर्नुपर्नेलगायतका माग अघि सारेर पुनले माइतीघरमा धर्नामा बसेका छन् ।

महावीर पुनको आन्दोलनमा एमालेको ऐक्यबद्धता

आइतबार अपराह्न धर्नास्थल पुगेका एमाले प्रमुख सचेतक पदम गिरीले पुनले राखेका मागहरूप्रति दलको ऐक्यबद्धता रहेको बताए ।

'पुनले उठाउनुभएको मागप्रति एमालेका ७९ जना सांसदको ऐक्यबद्धता रहेको छ,' गिरीले भने । यसैबीच सरकारले पुनले उठाउँदै आएको मागको विषयमा छलफल सुरु गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच आइतबार नै छलफल भएको छ । बैठकपछि पुनले सरकारसँग सकारात्मक वार्ता भएको र आइतबार साँझदेखि सहमतिलाई अन्तिम रुप दिन प्रतिनिधिस्तरको वार्ता हुने बताएका छन् ।

प्रकाशित : वैशाख १७, २०८० १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?