१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिन्छ भने हाम्रो सुरक्षा कति बलियो होला ? : मुख्यमन्त्री यादव

काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा भ्रष्टाचार बढिरहँदा सरकार भने मूकदर्शक बन्नुपरेको बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि आफूसँग कुनै निकाय नभएको समेत गुनासो गरे ।

मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिन्छ भने हाम्रो सुरक्षा कति बलियो होला ? : मुख्यमन्त्री यादव

उनले प्रदेश सरकारलाई प्रहरी समायोजन र कर्मचारी समायोजन अति आवश्यक भइसकेको बताए । उनले संघ सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरेको गुनासो गरे ।

‘मधेस प्रदेशमा हामी सबै जनता पीडित छौँ, किनभने भ्रष्टाचारीको कारण । दिनप्रतिदिन भ्रष्टाचार मौलाइरहेको छ । यसको जिम्मेवारी को ?' उनले भने, 'हामीसँग त कुनै निकाय नै छैन, प्रदेश सरकार त एउटा मूकदर्शक बनेर बसेको छ । मैले आलोचना गरेको होइन, सत्य कुरा हो । प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो । तर समायोजन नगरेपनि समन्वय गर्न आवश्यक छ ।’

उनले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरु सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने बताए ।

‘मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ दिनदहाडै भने त्यहाँको सुरक्षा कति बलियो छ ? जबसम्म प्रदेश सरकारसँग समन्वय हुँदैन, कुनैपनि आयोग बनाएर पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउँदैन,' उनले भने, 'कर्मचारी समायोजन र प्रहरी समायोजन गर्नुस्, म यो प्रदेशमा २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिलाएर दोषीलाई कठघरामा उभ्याउँछु । प्रदेश सरकारले पाउने अधिकार चाँडो भन्दा चाँडो फुकाइदिनुस् ।’

प्रकाशित : वैशाख १७, २०८० १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?