१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता

मनाेज बडु

दार्चुला — दार्चुलाको ब्यास गाउँपालिका-२ स्थित दुम्लिङ नजिकै तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । तल्ला दुम्लिङका स्थानीय सिङ्दल सिंह भण्डारी नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएकाे ब्यास गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथाेकीले बताए ।

वडाध्यक्ष बुढाथाेकीका अनुसार सिङ्दल सिंह भण्डारी साढे १ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित नेपाल-भारत जाेड्ने तुइनबाट खसेर बेपत्ता भएको उनले बताए । बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयहरुले खोजी गरिरहेका छन् ।

सीमा क्षेत्रमा रहेको महाकाली नदीमा यसअघि पनि मानिसहरू खसेर दुर्घटना हुने गरेका छन् ।

प्रकाशित : वैशाख ९, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?