कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिटरब्याजपीडितहरूलाई प्रधानमन्त्री दाहालले भेट्ने

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरूलाई भेट्ने भएका छन् । शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिबद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो ।

मिटरब्याजपीडितहरूलाई प्रधानमन्त्री दाहालले भेट्ने

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताए । उनले सरकारसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढेको बताए ।

'पूरा सहमति त भएन, आज पनि हाम्रो १० बुँदे माग थियो, त्यही मागमाथि गम्भीर रुपले छलफल भयो, सकारात्म कुरा आएको छ ।प्रधानमन्त्रीले पीडितलाई भेट्ने कुरा भएको छ । भोलि ११ बजे बस्नेगरी रोकिएको छ । यो चानचुने समस्या होइन, गम्भीर समस्या भएकाले समय लागेको छ ।प्रधानमन्त्री नै अनामनगरको भाटभटेनीको तमोबुद्ध गुम्बामा बेलुकासम्म आउने कुरा छ । राज्यसँग राखेको माग आवश्यक छ,’ पासवानले भने ।

मिटरब्याज बिरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज पीडितहरुको पक्षमा कानुन निर्माण गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको श्रोत खोजी गरी कानुन निर्माण गर्न, साहुकारहरुको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुनेलगायतका व्यवस्था गर्न माग गरेका छन् ।

प्रकाशित : चैत्र १७, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?