कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री दाहालविरुद्ध नारावाजी गर्नेमाथि अभद्र व्यवहारमा अनुसन्धान

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा नारावाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा अनुसन्धान गर्नका लागि ५ दिन अनुमति दिइएको छ। 

प्रधानमन्त्री दाहालविरुद्ध नारावाजी गर्नेमाथि अभद्र व्यवहारमा अनुसन्धान

'जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद दिएको छ । अभद्र व्यवहार प्रदर्शनको विषयमा अनुसन्धान सुरु भएको छ,' टेकुस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा दलित संघर्ष तथा अधिकारका सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालविरुद्ध केही युवाहरूले नारावाजी गरेका थिए । नारावाजी गर्ने तीन युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

नारावाजी गरिरहेका युवाको मुख थुन्दै प्रहरीले पक्राउ गरेको घटनालाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री साथै प्रहरीको आलोचना पनि भइरहेको छ ।

प्रकाशित : चैत्र ८, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?