कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी

सत्ता गठबन्धनमै रहेका दलबाट ३ जनाको उम्मेदवारी
कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीबाट सप्तरी जिल्ला इन्चार्जसमेत रहेकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर झाले उम्मेदवारी दर्ता गरेकी हुन् ।

उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी

झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेकी छिन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

यसअघि सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाएको हो ।

नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् ।

निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रकाशित : फाल्गुन २७, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?