१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

ग्यास सिलिन्डर पड्किँदा सांसद भण्डारी घाइते

गगनशिला खड्का

गुल्मी — खाना  पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

ग्यास सिलिन्डर पड्किँदा सांसद भण्डारी घाइते

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएको स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।

घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएको स्वकीय सचिव भुसालले जानकारी दिए । भण्डारी परिवार खाना खाएर सुतिसकेको अवस्थामा विस्फोट भएको बताइएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?