कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपहरणमा परेको भन्दै पैसा असुली गर्नखोजेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ — काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं १३ स्थित अपहरणमा परेको भनेर झुक्याउँदै रकम असुली गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

अपहरणमा परेको भन्दै पैसा असुली गर्नखोजेको आरोपमा ६ जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौंका ४७ वर्षीय बिदुर बस्नेत, चितवनका ३३ वर्षीय दिलिप बिक, सर्लाहीका ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, काभ्रेका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङका ४४ वर्षीय आशमान लामा पक्राउ परेका हुन् ।

काठमाडौं उपत्याका अपराध महाशाखाले यसबारे बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । पक्राउ पर्ने ६ जनालाई नै अहिले प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

प्रहरीका अनुसार उनीहरूले पैसा असुली गर्ने उद्देश्यले आफूहरू अपहरणमा परेको भन्दै परिवारका सदस्यहरूलाई नै भ्रम छरेका थिए । तर परिवारका सदस्यहरूले प्रहरीकहाँ उजुरी दिएपछि घटनाको खुलासा भएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टमा बसेर उनीहरूले आफू अपहरणमा परेकाले पैसा ल्याउन आग्रह गरेका थिए ।

प्रकाशित : माघ २५, २०७९ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?