कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशलाई सहमतिको राजनीतिमा लैजाने जिम्मा प्रधानमन्त्रीको हातमा : नेपाल [प्रतिवेदनसहित]

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेको बताएका छन् । शनिबारबाट सुरु भएको केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहोर्‍याउने वा नडोहोर्‍याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा पुगेको उल्लेख गरेका हुन् ।

देशलाई सहमतिको राजनीतिमा लैजाने जिम्मा प्रधानमन्त्रीको हातमा : नेपाल [प्रतिवेदनसहित]

प्रतिवेदनमा एकीकृत समाजवादीले दाहाललाई शंकाको सुविधा दिएको बताइएको छ ।

'हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौं, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले उक्त सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौं । नेकपा (माओवादी केन्द्र) विगत गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौं,' प्रतिवदेनमा भनिएको छ, 'संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सरकार गठन गर्नका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको छ ।'

प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको जनाएको छ । अध्यक्ष नेपालले शनिबारबाट सुरु भएको केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा कांग्रेस ठूलो दल बनेपछि घमण्ड बढेको र सत्ता भएपनि सत्ता केन्द्रित सोच र फाइदा हुने भएपछि विचार, सिद्धान्त र नीति त्याग्ने हिड्ने प्रवृत्ति प्रमुख भएको उल्लेख छ ।

प्रतिवदेनमा नयाँ गठबन्धन बन्नुपछिको ४ कारण बताएका छन् । जसमा निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली काँग्रेसमा शक्तिको घमण्ड बढ्नु, नेपाली काँग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु, माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्ति रहेको उल्लेख छ ।

प्रकाशित : माघ २१, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?