कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाइने

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउने भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालले बुधबार पत्रकारहरुसँगको छलफलमा परराष्ट्र नीतिलाई समयसापेक्ष बनाइने उल्लेख गरेकी हुन् ।

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाइने

नेपालमा प्रजातन्त्र आएपछि पहिलो पटक २०७७ सालमा केपी ओली नेतृत्वको सरकारको पालामा परराष्ट्र नीतिको दस्तावेज ल्याइएको थियो ।

त्यसबेलाका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा लिखित रुपमा पहिलो पटक परराष्ट्र नीति ल्याइएको हो । तर तत्कालीन नेकपाले पार्टीभित्र, विपक्षी दलहरु र संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा समेत परराष्ट्र नीति छलफल नै नगरिकन ल्याइएको भन्दै आलोचना भएको थियो । ज्ञवालीले भने परराष्ट्रका विज्ञहरु र त्यसअघि मन्त्रालयले बनाएका विभिन्न कार्यदलको आधारमा परराष्ट्र नीति ल्याएको बताएका थिए ।

परराष्ट्रमन्त्री पौड्यलले उक्त परराष्ट्र नीतिलाई परिस्थिति अनुसार परिवर्तन गर्ने बताइन् । ‘दुई वर्षअघि नै परराष्ट्र नीति बनेको थियो । अब त्यसको रिफ्लेक्सन गर्नु पर्ने हो । किनकि परिस्थिति अनुसार परिवर्तन गर्नुपर्छ,’ उनले भनिन्,‘रिफ्लेक्सन गरेर कन्सलटेसनमा जान्छौं । केही कन्सलटेसन गर्नुपर्छ ।’

प्रकाशित : माघ १८, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?