कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन दुर्व्यवहार आरोपमा अनाथालय प्रमुख पक्राउ

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली बाल अनाथालय प्रमुख शंकर चन्द बालिकामाथि यौन दुर्व्यवहार गरेको अरोपमा पक्राउ परेका छन् ।

यौन दुर्व्यवहार आरोपमा अनाथालय प्रमुख पक्राउ

५० वर्षीय चन्दलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित र अन्य बालिकासँग सोधपुछ गरिरहेको एसपी श्यामसिंह चौधरीले जानकारी दिए ।

स्रोतका अनुसार एक बालिकाको गर्भपतन गराइएपछि घटना बाहिर आएको हो । प्रहरीले अनाथालयमा रहेका ५ बालिकासँग मंगलबार नै कुराकानी गरेको छ । बोल्न नसक्ने, प्रतिकार गर्न नसक्ने र नाइँनास्ती गर्न नसक्नेमाथि चन्दले यौनजन्य गतिविधि गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : माघ १८, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?