कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, लामिछानेलाई फेरि सभापति बनाउने तयारी

काठमाडौँ — रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, लामिछानेलाई फेरि सभापति बनाउने तयारी

लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता नियमवालीको नियम ११ अनुसार नागरिकता पुन: प्राप्तिका लागि निवेदन दिएका थिए । निवेदनअनुसार उनले नागरिकता पुन: प्राप्त गरिसकेका छन् ।

अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता, सांसद र पार्टी सभापतिबाट हट्नु परेको थियो ।

प्रकाशित : माघ १५, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?