कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मा‌ओवादी केन्द्रको बैठक जारी‚ विश्वासको मतबारे छलफल हुँदै

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । पुस २६ गते लिने भनिएको विश्वासको मतको विषयमा छलफल गर्न उक्त बैठक बसेको जनाइएको छ ।

मा‌ओवादी केन्द्रको बैठक जारी‚ विश्वासको मतबारे छलफल हुँदै

आज संसद्को पहिलो बैठक १ बजेका लागि बोलाइएको छ । संसद्‌ बैठक अगावै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतबारे पार्टीका सांसदहरूसँग छलफल गर्न बैठक बोलाएका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् ।

आइतबार सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरिसकेका छन् ।

प्रकाशित : पुस २५, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?