कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

जोखिम कम, आम्दानी बढी

माछापालनमा आकर्षण बढदो
विमल खतिवडा

काठमाडौँ — चितवनका अगुवा किसान अम्बिकाप्रसाद अधिकारीले ०६५ सालमा माछापालन थाल्दा जिल्लामा २ सयभन्दा बढी किसान थिएनन् । अहिले माछा पालन व्यवसाय गर्नेको संख्या बढेर १ हजार नाघिसकेको छ । त्यसमा पनि युवा आकर्षण बढ्दो छ ।

जोखिम कम, आम्दानी बढी

धान, गहुँ, तोरी हुने फाँटमा अहिले माछा पोखरी छन् । वैदेशिक रोजगारीमा गएर फर्किनेहरुको आकर्षण पनि यसैमा छ । कम मेहेनतमा बढी आम्दानी गर्न सकिने भएकाले माछापालनमा आकर्षण बढेको नेपाल मत्स्य ब्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत रहेका अधिकारी बताउँछन् ।


‘अन्य व्यवसाय भन्दा यसमा कम जोखिम छ,’उनले भने,‘त्यसैले कम लगानीमा बढी आम्दानी गर्न सकिने भएकाले अधिकांशको रोजाई माछापालन बन्ने गरेको छ ।’ उनको चितवनमा १० विघाहामा १२ र नवलपुरमा डेढ विघाहामा ३ वटा पोखरी रहेका छन् । ‘अहिले जिउँदो माछाको माग बढो छ,’ उनले भने,‘ त्यही भएर यहाँबाट सबै भन्दा धेरै जिउँदो माछा काठमाडौं जाने गरेको छ ।’ उनले ०५१ सालबाट केरा खेती थाले ।


पछि माछापालनतिर लागे । ‘केरा खेती अहिले पनि छ,तर यसमा अली बढी जोमिख छ,’उनले भने,‘तर माछामा कम जोखिम छ, यसको बजार पनि राम्रो छ ।’ उनी मात्र होइन । देशभर पोखरी बनाएर माछा पाल्ने लहर चलेको छ । संघमा आबद्ध किसानको संख्या ११ हजार भन्दा बढी छ ।


पहाडी क्षेत्रमा भन्दा तराईमा माछालाई राम्रो आम्दानीको स्रोत बनाउने किसानको संख्या बढी छ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गत गठित पशुपन्छी विकास कार्यदलका लागि तयार पारिएको पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी विवरण अनुसार वार्षिक माछा उत्पादन ८६ हजार ५ सय ४४ मेट्रिक टन हुने गरेको छ ।


आर्थिक वर्ष ०७४/०७५ को तथ्यांक अनुसार प्राकृतिक जलाशय व्यवस्थापनबाट २१ हजार र मत्स्य पालन ब्यवस्थापनबाट ६५ हजार ५ सय ४४ मेट्रिक टन माछा उत्पादन भएको छ । ११ हजार ८ सय ९५ हेक्टर पोखरीमा माछा पालिएको छ ।


पोखरीमा पालिएको माछाको उत्पादकत्व प्रति हेक्टर ४ दशमलव ९१ रहेको छ । घोल बनाएर समेत माछा पाल्ने गरिएको छ । तथ्यांक अनुसार ३ हजार ५ सय ५० हेक्टर घोलमा माछा पाल्ने गरिएको छ । सबै भन्दा कम भने ट्राउट माछापालनको क्षेत्र रहेको छ । देशभर ३ दशमलव २ हेक्टरमा मात्र पालिएको छ ।


माछपालनमा क्रेज बढेपनि यसको आयात भने रोकिएको छैन । मुलुकको उत्पादनले नपुगेर १० हजार ७ सय ५६ मेट्रिक टन बार्षिक माछा आयात हुने गरेको छ ।


मत्स्य विज उत्पादन तथा वितरण अन्तर्गत सरकारी निकायबाट वार्षिक ८ करोड ९९ लाख ५१ हजार र निजी क्षेत्रबाट २२ करोड ६ लाख २५ हजार गोटा भएको छ । माछापाल्ने देशभर ५२ हजार ७ सय २६ जना किसान छन् ।


१ लाख ३८ हजार ४ सय ३९ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । प्राकृतिक जलाशयमा माछा मारी जिविकोपार्जन गर्नेको संख्या ४ लाख ४८ हजार ७ सय ३३ रहेको छ ।


कृषि क्षेत्रमा ४ दशमलव १८ र कुल ग्राह्स्थ्य उत्पादनमा १ दशमलव १३ प्रतिशत माछाको योगदान रहेको छ । अहिलेसम्म नेपालमा २ सय ३२ स्थानीय जातका माछा पहिचान भएका छन् । तराई क्षेत्रमा ७ जातका कार्प माछाका साथै टिलापिया, पंगासिस लगायत जातका माछाहरुको व्यवसायिक उत्पादन हुने गरेको छ । पहाडी क्षेत्रमा ट्राउट, असला, सहर जातका माछापालन बढो छ ।


केन्द्रीय मस्त्य प्रवर्द्धन तथा संरक्षण केन्द्रका मत्स्य विकास अधिकृत बैकुण्ठ अधिकारीका अनुसार माछा मासुको उपलब्धतामा यसको योगदान २० प्रतिशत छ । संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा पोखरी निर्माण अनुदान, नर्सरी पोखरी निर्माण, ह्याचरी निर्माणका लागि अनुदान उपलब्ध गराइएको छ । मस्त्य विकास निर्देशनालय अन्तर्गका ९ वटा मस्त्य विकास केन्द्र छन् ।


‘माछा पालनमा अहिले सोचे भन्दा राम्रो आकर्षण छ,’ अधिकारीले भने,‘ विदेशबाट फर्किएकाहरुको लगानी गर्ने क्षेत्र पनि यही बनेको छ, परम्परागत खेतीबाली भन्दा माछाबाट ६ गुणा बढी आम्दानी गर्न सकिने हुँदा यसमा किसानको बढी चासो छ ।’


मत्स्य विज उत्पादन, वितरण, आयात निर्यातलाई नियमन गर्न मत्स्य विज ऐन नहुँदा कमसल गुणस्तरका मत्स्य विजको प्रयोगले माछाको उत्पादन बृद्धि नभएको गुनासो किसानको छ ।


त्यस्तै किसानको समस्यामा भारतबाट आयात भईरहेको कच्चा पदार्थ भन्दा तयारी दानाको भन्सार महसुल सस्तो हुँदा नेपालका उद्योगबाट उत्पादित दाना महंगो भई प्रतिस्पर्धा हुन नसक्नु रहेको छ ।

प्रकाशित : पुस ९, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?