कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत शेर्पामाथि लागेको आरोपबारे छानविन सुरु, यथार्थ जानकारी गराउन परराष्ट्रको निर्देशन

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको आरोपको यथार्थ जानकारी गराउन नेपाल सरकारले क्यानबेरास्थित दुतावासलाई निर्देशन दिएको छ ।

राजदूत शेर्पामाथि लागेको आरोपबारे छानविन सुरु, यथार्थ जानकारी गराउन परराष्ट्रको निर्देशन

दुतावासका पुर्व कर्मचारी वाङ्गछु शेर्पाले राजदुत शेर्पालाई ‘मानव तस्करी’ गरेको आरोप लगाएका छन् । मंगलबार विपक्षी दल नेपाली कांग्रेसले राजदूत शेर्पामाथी छानविन गर्न माग गरेको थियो । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले पनि सामाजिक सञ्जालहरुमा सत्यतथ्य छानविन हुनुपर्ने माग गरिरहेका छन् ।


यसै सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले एक पत्र लेखेर दुतावासलाई घटनाको यथार्थ यथासक्दो जानकारी गराउन निर्देशन दिएको हो । 'पत्रमा गत केही दिनदेखि अष्ट्रेलियाको राजदुतका बारेमा लागेको आरोपका बारेमा मन्त्रालय जानकार रहेको भन्दै घटनाका बारेमा जानकारी गराउन भनिएको छ' स्रोतले भन्यो । राजदुत शेर्पाले मन्त्रालयबाट अहिले भइरहेको घटनाक्रमका बारेमा सोधिएका कारण त्यसको बारेमा यहाँको बस्तुस्थिती जानकारी गराइने बताए ।


राजदूत लक्की शेर्पाका श्रीमान् सोनामसंग ऋण लिएको भनेर गरिएको कागज भनेर वाङ्गछुले उपलब्ध गराएको कागज ।

वाङ्गछुले कान्तिपुरसँगको कुराकानीमा पनि राजदूत दम्पतीलाई मानव तस्करी र ठगीको आरोप लगाए । प्रमाणहरु आफुसंग भएको दावी गरेपनि पुष्टी हुने कुनै दस्तावेज भने प्रस्तुत गर्न सकेनन् । उनले आफुसँग प्रमाणहरु रहेपनि मुद्दा अष्ट्रेलियामा चलिरहेकाले यहाँको नियम अनुसार आफुले ती प्रमाणहरु उपलब्ध गराउन नसक्ने बताए ।


उनले उपलब्ध गराएको कागजहरु मध्ये एउटामा राजदुत लक्की शेर्पाका पतिले सोनामले वाङ्गछुलाई ४ वर्षमा चुक्ता गर्ने गरि ६४ लाख नेपाली रुपैयाँ ऋण दिएको देखिन्छ । उक्त कागजमा वाङ्गछुले हस्ताक्षर गरेको भएपनि राजदुत शेर्पाका पतिको हस्ताक्षरका छैनन् ।राजदुत शेर्पाले भने आफुलाई लगाएको आरोप झुठो भएको बताएकी छन् । साथै वाङ्गछुले उपलब्ध गराएको ऋण लिएको कागज पनि झुठो भएको दावी उनले गरिन् ।

राजदूत शेर्पाकी बुबा र आमासंगै वाङ्गछुकी श्रीमती फुल्हामुलाई पनि अर्दलीको रुपमा भिषा उपलब्ध गराउन अनुरोध गर्दै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित अष्ट्रेलियाली हाई कमिसनलाई लेखेको पत्र ।

'बाङ्छुले देखाएको सम्पुर्ण कागजपत्र नै नक्कली हो' उनले भनिन् । राजदुत शेर्पाले नै वाङ्गछुलाई अर्दलीको रुपमा अष्ट्रेलिया ल्याएकी थिइन् भने उनकी श्रीमती फुल्हामुलाई पनि अर्दलीको रुपमा अष्ट्रेलिया ल्याउन प्रयास गरेको देखिन्छ । अहिले ठगीको मुद्दामा फुलमु नेपालमै जेलमा छिन् ।


यसअघि वाङ्गछुले सार्वजनिक रुपमा आरोप लगाएपछि क्यानवेरास्थित दूतावासले एक बिज्ञप्ति जारी गरेर वाङ्छुले झुठो आरोप लगाएको उल्लेख गरेको थियो । राजदूत शेर्पाले वाङ्गछु पहिल्यैदेखि ठगीमा संलग्न रहेका कारण उनले लगाएको आरोप निराधार रहेको बताइन् । उनले वाङ्गछुसंग आफुले कहिल्यै कुनैपनि आर्थिक कारोबार नगरेको पनि उनले बताइन् ।

राजदूतावासले आरोपको खण्डन गर्दै निकाले प्रेस विज्ञप्ति ।

प्रकाशित : मंसिर २०, २०७५ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?