रकम फिर्ता गर्न नक्कली भूकम्पपीडितलाई निर्देशन

रासस

काठमाडौँ — राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेकोे बैठकले झूटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको थियो ।

प्राधिकरणका अनुसार भूकम्पले क्षतिग्रस्त घरबाहेक सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका र एकभन्दा बढी स्थानबाट अनुदान रकम लिएकाहरुले रकम फिर्ता गर्नुपर्नेछ । अन्यथा अनुदान लिएको रकम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ । झूटो विवरण पेश गरेर लिइएका अनुदान जिल्लास्थित आयोजना कार्यान्वयन एकाइमा बुझाउन सकिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : मंसिर २, २०७५ १८:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नूरप्रसादलाई रिहा गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — मानव अधिकारकर्मीहरूले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई रिहा गर्न माग गरेका छन् । 

अोमप्रकाश अर्याल, कपिल श्रेष्ठ, चरण प्रसाईं, सफलता बोगटीसहित २१ जनाले आइतबार विज्ञप्ति जारी गरी अधिकारीलाई रिहा गर्न माग गरेका हुन्। सशस्त्र द्वन्द्वक्रममा गंगामायाका छोरा कृष्णप्रसादको हत्या गर्ने पीडक पक्षकै षड्यन्त्रमा नूरप्रसादलाई फसाउने नियतले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराध मुद्दा लगाइएको दाबी उनीहरूको छ।

‘पीडक पक्षको षड्यन्त्रका क्रममा नूरप्रसादलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधको मुद्दा लगाएको कुराको घोर भत्र्सना गर्दै निष्पक्ष न्यायसहित उहाँको रिहाइको माग गर्दछौँ,’ विज्ञप्तिमा छ।

प्रकाशित : मंसिर २, २०७५ १८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT