कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न दाहाललगायतका नेताहरु अस्पतालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न दाहाललगायतका नेताहरु अस्पतालमा

छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार राती अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुगेका थिए ।


यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए ।


प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्केका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिएको राससले उल्लेख गरेको छ । अ


प्रकाशित : कार्तिक १२, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?