कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार लोकतन्त्रका खम्बा कमजोर पार्ने प्रयत्नमा : शेखर कोइराला 

मोरङ — कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले दुई तिहाईको उन्मादमा अहिलेका सरकारले लोकतन्त्रका खम्बाहरु कमजोर पार्दै गएको आरोप लगाएका छन् । 

सरकार लोकतन्त्रका खम्बा कमजोर पार्ने प्रयत्नमा : शेखर कोइराला 

बिपी अध्ययन प्रतिष्ठान मोरङले शुक्रबार सुन्दरहरैंचामा आयोजना गरेको आजको सन्दर्भमा बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन् ।


उनले सरकारले लोकतन्त्रको प्रमुख खम्बा न्यायपालिका, सेना लगायतलाई कमजोर पार्ने प्रयत्न गरेको गुनासो पोखे । ‘न्यायिक समितिले प्रधानन्यायधीस सिफारिस गर्छ तर सरकारले त्यसलाई फित्र्ता गराई दिएर महिनौदेखि न्यायपालिकालाई अनिर्णयको बन्दी बनाएको छ,’ उनले भने ।


कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिका भोका भएको बताए । प्रधानमन्त्री ओलीले राजश्व न्यायधिकरण, गैर सरकारी संघ संस्थाको अनुगमन लगायतको क्षेत्र आफ्नो नियन्त्रणमा लिएर शक्तिशाली बन्न खोजेको उनले सुनाए ।


लोकतन्त्रवादीहरु शक्ति पृथकीकरणमा विश्वास गर्छछन् तर अहिलेको सरकार शक्ति केन्द्रिकृत गर्नमा रमाएको उनले आरोप लगाए । ‘कम्यूनिष्ट स्कुलिङबाट आएको र एमाले, माओवादी र संघीय समाजवादीको सरकारले जनवादी केन्द्रियतामा विश्वास गर्छ,’ उनले भने, ‘जनवादी केन्द्रियतामा विश्वास गर्नेहरुले संघीयता रुचाउँदैनन् ।’


कोइरालाले अहिलको सरकारले प्रदेशलाई कमजोर बनाउँदै संघीयता मास्ने षडयन्त्र गरिरहेको तर त्यसको लागि कांग्रेस लड्न तयार रहेको बताए । उनले सरकारले वित्तीय आयोग बनाउन नसकेर मुलुकमा कर आतंक चलिरहेको बताए । कर आतंक संघीयता असफल गराउनेतर्फ लक्षित भएकोले सबैलाई सचेत हुनु आवश्यक भएको उनले आग्रह गरे ।

मुलुकभरमा भदौ महिनामा ४० वटा जति बलत्कारको घट्ना भइसकेको र त्यसमा अहिलेसम्म दोषी पक्राउ गर्न नसकेको अवस्थाले भयावहस्थिती सृजना भइरहेको उनले बताए । कांग्रेस बलत्कारको घटना बिरोधमा विज्ञप्ती निकालेर मौन बस्नु उचित नभएको उनको भनाई थियो ।

उनले राणा र राजालाई समाप्त गरेको इतिहास बोकेका कांग्रेसीहरुलाई कम्युनिष्ट विरुद्धमा लडेर अघि आउन एकजुट हुनु आवश्यक भएको बताए ।


‘कांग्रेसीहरु जातियता र सम्प्रदायिकतामा रम्न रुचाएका छन्,’ कोइरालाले भने, ‘बिपीले देखेको समाजवादमा सबै कांग्रेसीमा समावेशी चरित्र हुनु आवश्यक हुन्छ ।’


बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादी अहिलेको सन्दर्भमा सबभन्दा बढी आवश्यक भएकोले यसलाई पुन:परिभाषित गरेर जनजागरण अभियान कांग्रेसले चलाउन सकेमात्रै कांग्रेसको शाख फर्किने उनको भनाई थियो । उनले बिपीले देखेको समाजवादमा कृषि उत्पादन बढाउनुका साथै समान वितरण प्रणाली आवश्यक भएको सुनाए ।


योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले लोकतन्त्रको कर्मकाण्डी विधिले कांग्रेस अघि बढ्न नसक्ने बताए । बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको उन्नत रुपमा परिभाषित गरेर अघि बढनुको विकल्प नभएको उनले बताए । उनले मुलुकमा समृद्धिका लागि साझा समावेशी आवश्यक भएको बताए ।

प्रकाशित : भाद्र २२, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?