धनगढी — सँगै पढ्ने साथीका बुबाबाट १४ वर्षे किशोरी बलात्कृत भएकी छिन् । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका–६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुँवरले राति घरमा कोही नभएका बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।
‘स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहेछ,’ उनले भने, ‘हाल उनी फरार छन् ।’ किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी खोजी थालिएको प्रहरीले जनाएको छ ।
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?