कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थापा कामु प्रधानसेनापति

कान्तिपुर संवाददाता

काठमाडौँ — रथी पूर्णचन्द्र थापाले बिहीबारदेखि कामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका छन् । जंगीअड्डामा बिहीबार आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले कार्यकाल सकिनु एक महिनाअघि नै घर बिदामा बसेर बलाधिकृत रथी थापालाई जिम्मेवारी सुम्पेका हुन् ।

थापा कामु प्रधानसेनापति

प्रधानसेनापति कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्ने प्रचलन छ । क्षत्रीको कार्यकाल भदौ २४ मा सकिँदै छ । क्षत्रीले थापालाई कार्यभार हस्तान्तरण गरी सबै बुझबुझारथ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?