कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने

काठमाडौँ — बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने भएको छ । मंगलबार एक बिज्ञप्ति जारी गरी भारतीय दूतावासले अर्को सातादेखि उक्त कार्यालयबाट दिइदै आएको सबै सेवा बन्द गर्ने जनाएको छ ।

बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने

भारतीय दुतावासको बिज्ञप्ति अनुसार बिराटनगरस्थित क्याम्पबाट दिइदै आएको सबै सेवाहरु आउदो साउन १६ (अगष्ट १) गतेदेखि बन्द गरिने छ ।

त्यसमा सवारी साधनको अनुमति पत्र, भारतीय नागरिकलाई दिइने दर्ता प्रमाणपत्र र जन्म तथा मृत्यु दर्ता सेवालगायत रहेका छन् ।


क्याम्पमा बन्द गरिएका जुनसुकै सेवाका लागि काठमाडौंस्थित भारतीय दुतावासमा सम्पर्क गर्न भनिएको छ ।


सन् २००८ को कोशी बाढीपछि विराटनगरमा साइट अफिसको रुपमा भारतीय क्याम्प स्थापना गरिएको थियो । स्थापना पछि नै उक्त क्याम्प विवादमा पर्दै आएको थियो । नेपालको तर्फबाट क्याम्प बन्द गर्ने बारेमा बेला बेला कुरा उठाइएको थियो ।

प्रकाशित : श्रावण ८, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?