१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कांग्रेसमा अब गुट रहदैन : देउवा

टीकाप्रसाद भट्ट

रामेछाप — पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले शनिबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘अब कुनै गुट रहदैन, त्यसैका लागि म दौडिरहेको छु ।’ 

कांग्रेसमा अब गुट रहदैन : देउवा

सभापति देउवाले मुलुकमा एकदलीय तानाशाहको उदय हुने संकेत आएको भन्दै त्यसका विरुद्ध कांग्रेसले सडक र सदन दुवैतिर आन्दोलन गर्ने बताए । उनले विधिको शासन कुल्चेर केपी ओली नेतृत्वको सरकारले मुलुकमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए । कांग्रेसले सधैं रचनात्मक कामका लागि सरकारलाइ सहयोग गर्ने समेत उनले बताए । ‘लोकतन्त्रमा विरोध गर्ने स्थान दिनुपर्छ,’ उनले भने, ‘विरोध गर्न रोक्ने ठाँउ समेत नराख्ने गरी निषेधज्ञा लगाउनु अधिनायकवादको संकेत हो ।’


उनले आफ्नो सरकारले गरेका विधिसम्मत निर्णय खारेज गरेकोमा आपत्ति जनाए । प्रदेश प्रमुखको नियुक्तिमा वैधानिकता उठिरहेको प्रसंगमा देउवाले भने, ‘सपथ खाउञ्जेल वैधानिक हुने, अहिले नहुने हुन्छ ?’

चीनबाट अहिले नै रेल ल्याउने कुरा दिवासपना भएको भन्दै देउवाले ओली सरकार भारतसंग लम्पसार परेको आरोप लगाए ।

प्रकाशित : असार २३, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?