कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा नेविसंघको प्रदर्शन

काठमाडौँ — नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । बुधबार दिउँसो विद्यार्थीले निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा नेविसंघको प्रदर्शन

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र खारेज गर्नुपर्ने, जुम्लामा अनशनरत डा.गोविन्द केसी र गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गर्दै नाराबाजी गरेका थिए । माइतीघर मण्डला परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।


सरकारले काठमाडौंमा खुलामञ्च, तिनकुने खुल्ला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान पाउ, पेप्सीकोला, खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर, गौशाला मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो ।


तस्बिर : इलिट जोशी

प्रकाशित : असार २०, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?