कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका निभाउन सकेनः शेखर काेइराला

देवनारायण साह

मोरङ — कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले संघीय र प्रदेश संसदहरुमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । 

कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका निभाउन सकेनः शेखर काेइराला

गुराँस पुस्तकालय बरगाछी, विराटनगरको स्थापना दिवसमा कोइरालाले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रतिपक्षले मौन समर्थन जनाउनु गलत भएको बताएका हुन् ।


‘कांग्रेसले न त हुन्छ बोल्छ न त हुँदैन भन्छ,’ उनले भने, ‘यसरी मुलुकमा लोकतन्त्र कमजोर हुँदै गएर खतरामा पर्ने भएकोले सबैलाई सचेत हुनु आवश्यक छ ।’


सर्वोच्च अदालतलाई नेतृत्व विहीन राखेर न्यायालयलाई कमजोर पार्नु र प्रधानमन्त्री कार्यलयमा अधिकार केन्द्रित गर्दै गएको लगायत परिदृष्यले लोकतन्त्र खतरामा रहेको उनले आशंका व्यक्त गरे ।


गणतन्त्र दिवसको अवसरमा सरकारले बालकृष्ण ढुंगेललाई रिहाइ गर्ने योजनाले पनि सरकारको अधिनायकवादी चरित्र उदांगिदै गएको उनले बताए ।


कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अनिर्णयको बन्दी बनाएर पार्टी समाप्त गर्दै गएको कोइरालाले गुनासो पोखे ।


‘सभापति देउवाको कार्यकाल अब १ बर्ष ९ महिना बाँकी रहेको अवस्था छ,’ उनले भने, ‘त्यसैले पार्टी सभापति देउवाले अर्ली अधिवेशनमा जानेकी पूर्ण कार्यकाल बिताउने भन्ने बारे निर्णय गर्नुपर्छ ।’

प्रकाशित : जेष्ठ १४, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?