कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इमाडोलमा बस दुर्घटना, १६ यात्रु घाइते

जनकराज सापकोटा

काठमाडौँ — ललितपुरको लुभुबाट लगनखेल गइरहेको बा२ख ८६४ नम्बरको सार्वजनिक बस अनियन्त्रित भइ
इमाडोलमा दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् ।

इमाडोलमा बस दुर्घटना, १६ यात्रु घाइते

प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दका अनुसार बसका चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उपचार किष्ट अस्पतालमा भइरहेको छ ।

घाइतेमध्ये ९ जना सख्त घाइते भएका किष्ट मेडिकल कलेजका चिकित्सक सुरज बज्राचार्यले बताए । उनका अनुसार ३ जनाको शल्यक्रिया भइसकेको छ । उनले भने, 'घाइते यात्रुका हाड जोर्नी भाँचिएका छन् ।'

घाइते मध्ये तीन जना डिस्चार्ज भइसकेको र सबैजना खतरामुक्त रहेको डिएसपी चन्दले बताए ।

प्रकाशित : वैशाख ४, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?