कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फागुन २१ गते संसद अधिवेशन आह्वा‍न

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न गरेकी छन् ।

फागुन २१ गते संसद अधिवेशन आह्वा‍न

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभाको निर्वाचन गर्न समय लागेपछि प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो ।


मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन् । तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।




प्रकाशित : फाल्गुन ७, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?