राष्ट्रियसभा निर्वाचन : प्रदेश नम्बर २ का सबै सांसद निर्विरोध- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रियसभा निर्वाचन : प्रदेश नम्बर २ का सबै सांसद निर्विरोध

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश नम्बर २ को राष्ट्रिय सभाका लागि अन्य समूहबाट नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् भने महिला क्लस्टरमा माओवादी केन्द्रकी शशिकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव तथा संघीय समाजवादी फोरमकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन् भने अल्पसंख्यक/अपाङ्ग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल तथा दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासमान निर्विरोध भइसकेका छन् ।


प्रमुख निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले निर्विरोध निर्वाचित उम्मेदवारहरुको नाम सोमबार सूचना टाँस गरिने भए पनि निर्वाचन तालिकाअनुसार आठवटै सांसदलाई माघ २४ गतेमात्र प्रमाणपत्र प्रदान गरिने छ ।


प्रकाशित : माघ १४, २०७४ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

यसरी बनाइँदै छ प्रदेश २ को सभा भवन [फोटोफिचर]

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को प्रथम अधिवेशन माघ २१ गते जनकपुरको शैक्षिक तालिम केन्द्रमा तोकिएको छ । प्रदेश सभाको बैठकका लागि सभा हल, फर्निचर, रंगरोगन तथा भवन मर्मत हुँदै छ । तालिम केन्द्रको श्रेष्ता भवनकै एक कोठामा राखिएको छ । तालिम केन्द्रको भुइँतलाको हल सजावट तीव्रगतिमा हुँदै छ । प्रदेश सभा बैठक बस्ने भवन तयार गर्न ८० जनाभन्दा बढी मजदुर अहोरात्र काममा जुटेका छन् । प्रदेश सभाको तयारी तस्बिरमा यस्तो छ :

प्रकाशित : माघ १४, २०७४ १६:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×