नयाँ शक्तिले राधेश्यामलाई मत दिने


काठमाडौँ — नयाँ शक्ति पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश–३ मा नेपाली कांग्रेसका उम्मेदवार बरिष्ठ अधिबक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने भएको छ ।


बुधबार जारी गरेको प्रेस बिज्ञप्तिमा राष्ट्रियसभालाई राष्ट्रिय जीवनमा सकारात्मक भूमिका खेल्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको सभा भएको उल्लेख गर्दै अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको उल्लेख छ ।
पार्टीले राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने र विपक्षीहरुको सकारात्मक भूमिका र पहल कदमीलाई समेत संसदीय लोकतन्त्रको मान्यता अनुसार सुदृढ गर्ने अभिप्राय नेपाली कांग्रेस र विवेकशील साझा पार्टीसंग पटक–पटक छलफल गरेको समेत उल्लेख गरेको छ ।
'नयाँ शक्तिको मतबाट विजयी हुने उम्मेदवारले राष्ट्रिय सभामा पार्टीगत स्वार्थभन्दा माथि उठी महत्वपूर्ण विषयमा राष्ट्रिय हीतलाई सर्वोपरि राखी आफ्नो भूमिका निर्वाह गर्नु हुनेछ भन्ने हाम्रो बिश्वास रहेको छ' पार्टीले भनेको छ ।
