

काठमाडौँ — प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् ।


सिलवाललाई ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको दुई दिनपछि ट्विटबाट सिलवालले आफूमाथि प्रतिशोधपूर्ण प्रहार भएको प्रतिक्रिया दिएका छन् । ‘म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ,’ सिलवालले ट्विटमा लेखेका छन्, ‘सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’
म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ l
— Nawa Raj Silwal (@Nawasilwal) January 19, 2018
प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् ।
कार्यसम्पादन मूल्यांकनमा किर्ते भएकोबारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
प्रकाशित : माघ ५, २०७४ १०:३६- Redmi Note 12 4GRs. 24,9996.67" 120Hz AMOLED DotDisplay | Snapdragon 685 | 5000mAh Battery | Octa-core CPU, up to 2.8GHz
- Genie Flamenco BackpackRs. 2,02916 inch Laptop Compatible | One Compartment | Front Pocket | Side Pocket | Functional Hands-Free Convenience
- Steel Collapsible Barbeque GrillRs. 999Chrome Plated | Portable Barbeque Grill | Outdoor Use | Steel Collapsible | Fuel Type: Charcoal




